शुक्रबार, श्रावण २९ गते २०८३
images
images

साफ यू-१९ : नेपालविरुद्ध पाकिस्तान पहिलो हाफमा हाबी

एक्सप्रेस पाना
आश्विन ४, २०८० बिहीबार
  • 473
    SHARES
  • साफ यू-१९ : नेपालविरुद्ध पाकिस्तान पहिलो हाफमा हाबी

    काठमाडौं । घरेलु टोली नेपाल र पाकिस्तानबीचको जारी यु १९ च्याम्पियनसिपको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ। 

    images

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा बल पोजिसनमा नेपालविरुद्ध हाबी देखिए पनि पाकिस्तानले पाएका अवसरलाई भने सदुपयो गर्न सकेन। 

    खेलको २७औं मिनेटमा शाह जहानको फ्रिकिकलाई उत्कृष्ट बचाउ गर्दै कप्तान तथा गोलकिपर जियारथ शेखले नेपालको संकट टारे। 

    images

    त्यस्तै ३३औं मिनेटमा मोहम्मद जाफरको प्रहारलाई जियारथले विफल पारे। 

    एक मिनेटपछि नै पाकिस्तानले अग्रता लिने सुनौलो अवसर गुमायो। मोहम्मद आदिल युनासले वान भर्सेस वानको अवस्थामा गोल गर्न सकेनन्। उनको प्रहार पोल नजिकैबाट बाहरियो। युनासलाई खुर्सिद अलामले थ्रु बल उपलब्ध गराएका थिए। 

    त्सपछि पहिलो हाफको ४०औं मिनेटमा जहानले पेनाल्टी बक्स बाहिरबाट गरेको शक्तिशाली प्रहारलाई जियारथले बचाए।

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # साफ यू-१९