शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एसियाड महिला फुटबल : नेपालले आज भियतनामसँग खेल्दै

एक्सप्रेस पाना
आश्विन ५, २०८० शुक्रबार
  • 348
    SHARES
  • एसियाड महिला फुटबल : नेपालले आज भियतनामसँग खेल्दै

    १९औं एसियाड अन्तर्गत महिला फुटबलमा नेपालले आज भियतनामको सामना गर्दैछ। 

    images

    समूह ‘डी’ मा रहेको नेपाल र भियतनामबीचको खेल वेन्जोउ ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा नेपाली समयअनुसार १:४५ बजेबाट शुरू हुनेछ। 

    पहिलो पटक एसियन गेम्स खेल्न लागेको नेपालले समूह चरणमै विश्व विजेता रहिसकेको जापानसहित भियतनाम र बंगलादेशसँग खेल्नेछ। पुरुष फुटबलमा भने नेपालले सहभागिता जनाएको छैन।

    images

    चीनको हान्झाउमा शनिबार औपचारिक उद्घाटन हुने १९औं एसियाडअन्तर्गत फुटबल, भलिबल र क्रिकेट खेलहरू यसअघि नै शुरू भइसकेका छन्।

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # १९औं एसियाली खेलकुद