शुक्रबार, श्रावण २९ गते २०८३
images
images

अल इत्तिहादले फातेहलाई हरायो

एक्सप्रेस पाना
आश्विन ५, २०८० शुक्रबार
  • 444
    SHARES
  • अल इत्तिहादले फातेहलाई हरायो

    काठमाडौँ । साउदी प्रो लिग अन्तर्गत अल इत्तिहादले अल फातेहलाई पराजित गरेको छ।

    images

    बिहिवार राति सम्पन्न खेलमा अल इत्तिहादले फातेहलाई २-१ गोल अन्तरले पराजित गरेको हो।

    इत्तिहादको जितमा रोमारिन्हो र एन्गोलो कान्टेले १/१ गोल गरे। पराजित फातेहका लागि मार्वाने साडानेले १ गोल गरेका थिए।

    images

    यो जितपछि इत्तिहाद लिगको शिर्ष स्थानमा उक्लिएको छ। अल इत्तिहादको ७ खेलमा १८ अंक रहेको छ।

    त्यसैगरी अल फातेहको भने ७ खेलमा ११ अंक रहेको छ र लिगमा सातौं स्थानमा रहेको छ।

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # साउदी प्रो लिग