काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेट गरेका छन्।
राष्ट्रसङ्घको ७८औँ महासभालाई सम्बोधन गर्न न्यूयोर्क पुगेका प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति बाइडेनसँग भेट गरेका हुन्।
अमेरिका भ्रमणको अन्तिम दिन प्रधानमन्त्री प्रचण्डले भनेका बाइडेनसँगको आफ्नो तस्बीर सार्बजनिक गर्दै भनेका छन्- 'अमेरिकी राष्ट्रपति महामहिम जो बाइडेन र श्रीमती बाइडेनलाई न्यानो स्वागत तथा आतिथ्यका लागि हार्दिक आभार तथा धन्यवाद!'
प्रधानमन्त्री प्रचण्ड शुक्रबारबाट साताव्यापी चीन भ्रमणमा जाने भएका छन्।
अमेरिकाबाट सिधै चीन भ्रमणमा जाने प्रधानमन्त्री प्रचण्डले चीनमा रहँदा चिनियाँ राष्ट्रपति सी जिनपिङ, समकक्षी ली छ्याङ लगायतसँग भेटघाट गर्ने कार्यक्रम छ।
चिनियाँ समकक्षी छ्याङको निमन्त्रणामा जान लागेका प्रधानमन्त्री प्रचण्ड न्युयोर्कबाट शुक्रबार स्थानीय समयअनुसार राति साढे १ बजेको फ्लाइटबाट हाङजाओ प्रस्थान गर्नेछन्।



