काठमाडौँ । चिनमा जारी नेपाल १९औं एशियन गेम्स अन्तर्गतको महिला फुटबलको पहिलो खेलमा पराजित भएको छ।
नेपाल भियतनामसँग २-० गोल अन्तरले पराजित भएको हो। भियतनामको जितमा खेलको ५३औं मिनेटमा फाम है यनले र खेलको ६४औँ मिनेटमा नागुयन थि बीच थुयले एक एक गोल गरेका थिए।
फिफाको महिला टिमको वरियतामा भियतनाम ३४औं स्थानमा रहेको छ भने नेपाल १०१औं स्थानमा रहेको छ।
अब एशियन गेम्स अन्तर्गत नेपालले आगामी सोमबार जापानसँग खेल्दैछ भने विहिबार बंगलादेशसँग खेल्ने तालिका रहेको छ।



