शुक्रबार, श्रावण २९ गते २०८३
images
images

यू-१९ विश्वकप क्रिकेटमा नेपाल समुह 'डी' मा

एक्सप्रेस पाना
आश्विन ५, २०८० शुक्रबार
  • 555
    SHARES
  • यू-१९ विश्वकप क्रिकेटमा नेपाल समुह 'डी' मा

    काठमाडौँ । आईसीसी यू-१९ पुरुष क्रिकेट विश्वकप २०२४ को खेल तालिका सार्वजनिक भएको छ। 

    images

    एकदिवसीय फर्म्याटमा हुने यो विश्वकप १३ जनवरीदेखि ४ फेब्रुअरीसम्म श्रीलंकामा हुदै छ भने १६ देशले भाग लिदै छन्।

    श्रीलंकाले यो तेस्रो पटक प्रतियोगिता आयोजना गर्न लागेको हो, सन् २००६ पछि पहिलो पटक हो। आयोजकले श्रीलंकाले १३ जनवरीमा जिम्बाब्वेसँग भिड्दै प्रतियोगिताको उद्घाटन गर्नेछ।

    images

    यू-१९ विश्वकपमा नेपाल पनि खेल्दै छ । नेपाल समुह डी मा अफगानिस्तान, पाकिस्तान र न्यूजील्याण्डसँग परेको छ।

    त्यस्तै समुह ए मा भारत, बंगलादेश, आयरल्याण्ड र अमेरिका रहेका छन् भने समुह बी मा इङल्याण्ड, दक्षिण अफ्रिका, वेस्टइण्डिज र स्कटल्याण्ड रहेका छन्। त्यस्तै समुह सी मा अस्ट्रेलिया, श्रीलंका, जिम्बाबे र नामिबिया रहेका छन्।

  • सम्बन्धित विषय:

  • # क्रिकेट