काठमाडौँ । कप्तान क्रिस्टियानो रोनाल्डो र टालिस्काको २२ गोलको सहयोगमा साउदी प्रो लिग अन्तर्गत अल नासरले लगातार पाँचौं जित निकालेकको छ।
शुक्रबार राति सम्पन्न भएको खेलमा अल नासरले बलियो मानिएको अल अहिल साउदीलाई ४-३ गोल अन्तरले पराजित गरेको हो ।
अल नासरको जितमा क्रिस्टियानो रोनाल्डोले २ र टालिस्काले २ गोल गरेका थिए। रोनाल्डोले यस सिजनको साउदी प्रो लिगमा अहिलेसम्म सर्बाधिक ९ गोल गरेका छन्।
त्यस्तै अल अहिलका लागि फ्रयांक केस्से, रियाद महरेज र फेराज अलब्रिकानले एक एक गोल गरेका थिए।
यो जितसँगै अल नासरको ७ खेलबाट १५ अंक जोडेर लिगको पाँचौं स्थानमा रहेको छ। त्यस्तै अल अहिलको ७ खेलमा १५ नै अंक छ र लिगमा छैटौं स्थानमा रहेको छ।



