शुक्रबार, श्रावण २९ गते २०८३
images
images

नेपाल सुपर लिगको ड्राफ्टमा १९५ खेलाडी, ४१ जना खेलाडी ए क्याटगरीमा

एक्सप्रेस पाना
आश्विन ६, २०८० शनिबार
  • 335
    SHARES
  • नेपाल सुपर लिगको ड्राफ्टमा १९५ खेलाडी, ४१ जना खेलाडी ए क्याटगरीमा

    काठमाडौँ । आगामी मंसिर दोस्रो सातादेखि हुने दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल)का लागि ड्राफ्टमा १९५ खेलाडी परेका छन्।

    images

    ड्राफ्टमा परेका खेलाडीलाई तीन ‘ए’, ‘बी’ र ‘सी’ गरी तीन क्याटगरीमा विभाजन गरिएको छ। ४१ जना खेलाडीलाई ए क्याटगरीमा राखिएको छ। यसैगरी बीमा ७९ र सीमा ७५ जना खेलाडी परेका छन्।

    नेपाल स्पोर्टस् एन्ड इभेन्ट्स म्यानेजमेन्टका अनुसार एमा अभिषेक बराल, अनन्त तामाङ, आषिश चौधरी, अनीश देउला, अन्जल महर्जन, अन्जन विष्ट, अन्जन राई, एरिक विष्ट, आषिश गुरुङ ,आभास लामिछाने, आयूष घलान, विकेश कुथु, विमल घर्तीमगर, विराज महर्जन रहेका छन्।

    images

    यसैगरी विशाल श्रेष्ठ, छिरिङ लामा, दीप कार्की, देवेन्द्र तामाङ, दिनेश हेन्जन, दिपेश गुरुङ, जिलेस्पीजंङ कार्की, हिसुब थपलिया, कमल श्रेष्ठ, किरण चेम्जोङ, क्रितिसरत्न छुन्जु, लाकेन लिम्बू, मनिकुमार लामा, मनिष डाँगी, नविन लामा, नवयुग श्रेष्ठ, प्रकाश बुढाथोकी, रोहित चन्द, सन्जिव विष्ट, सनिश श्रेष्ठ, सेसेहाङ आङदेम्बे, सिमान्त थापा, सुदीप गुरुङ, सुरजज्यू ठकुरी, छिरिङ गुरुङ, उत्सव राई र सुवास गुरुङ रहेका छन्।

    एनएसएल मंसिर ९ देखि २१ गते सम्म हुने तय छ। दोस्रो संस्करणको एनएसएलमा १० टोलीले स्पर्धा गर्नेछन्। यसअघि सात टोलीले स्पर्धा गरेका थिए। पहिलो सिजनको उपाधी काठमाडौँ रेजर्सले जितेको थियो। 

    यो पटक विराटनगर सिटी एफसी, वीरगन्ज युनाइटेड एफसी, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, चितवन एफसी, झापा एफसी, ललितपुर सिटी एफसी, पोखरा थन्डर्स र स्पोर्टिङ इलाम एफसी मेचीले स्पर्धा गर्नेछन्।

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # एनएसएल