शुक्रबार, श्रावण २९ गते २०८३
images
images

क्यानको अध्यक्षमा पुन: चन्द निर्वाचित

एक्सप्रेस पाना
आश्विन ६, २०८० शनिबार
  • 345
    SHARES
  • क्यानको अध्यक्षमा पुन: चन्द निर्वाचित

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध निर्वाचित भएका छन्। 

    images

    चन्द विरुद्धमा कुनै पनि उम्मेद्धवारी नपरेपछि उनी सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित भएका हुन्। 

    चन्द विरुद्धमा बर्दिया क्रिकेट संघका विनयराज भण्डारी उठ्ने घोषणा गरे पनि मनोनयन समयमा उनले प्रस्तावक र समर्थक दुबै नपाएपछि उनी पछि हटेका हुन्। त्यसैको कारण चन्द सर्वसम्मत रुपमा निर्वाचित भएका हुन्।

    images

    महिला सदस्य जयन्ती भट्ट पनि निर्विरोध निर्वाचित भएकी छिन्। त्यस्तै कोषाध्यक्ष पदम खड्का पनि निर्विरोध निर्वाचन भएका छन्। खड्का कर्णाली प्रदेशका अध्यक्ष हुन्। जयन्ती सुदूरपश्चिम प्रदेशबाट आएकी हुन्। यसअघि पनि उनी नै सर्वसम्मत रुपमा महिला सदस्यमा जयन्ती निर्वाचित भएकी थिइन्। क्यानको उपाध्यक्षमा रोशन सिंह पनि सर्वसम्मत चयन भएका छन्।

    सचिव पदमा चन्द प्यानलबाट पारस खड्का र पूर्वकन्द्रिय सदस्य प्रशान्त विक्रम मल्ल लड्ने भएका छन्। दुबैले उम्मेद्धवारी दर्ता गरेका छन्। क्यानको चुनावमा कुल ८४ मत छ। प्रमुख पद जित्न ४३ मत आवश्यक पर्दछ।

  • सम्बन्धित विषय:

  • # क्रिकेट