शुक्रबार, श्रावण २९ गते २०८३
images
images

केनको ह्याट्रिकमा बायर्नको फराकिलो जित

एक्सप्रेस पाना
आश्विन ७, २०८० आइतबार
  • 417
    SHARES
  • केनको ह्याट्रिकमा बायर्नको फराकिलो जित

    काठमाडौँ । जर्मन बुण्डेसलिगा अन्तर्गत बायर्न म्युनिखले फराकिलो जित निकालेको छ।

    images

    शनिबार राति सम्पन्न भएको खेलमा बायर्न म्युनिखले बोचुमलाई ७-० गोल अन्तरले पराजित गरेको हो।

    बायर्नको जितमा ह्यारी केनले ह्याट्रिक गरेका थिए। उनले खेलको १२औं, ५४औ र ८८औ मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरेका थिए। उनले बायर्नका लागि लिगमा ५ खेलमा यो ७औं गोल हो।

    images

    त्यस्तै एरिक म्याक्सिम, माथिस डी लाइट, लिरोय साने र माथिस टेलले १/१ गोल गरे।

    यो जितसँगै बायर्न म्युनिखको ५ खेलमा १३ अंक जोड्दै लिगको शीर्ष स्थानमा उक्लिएको छ। यता पराजित बोचुमको ५ खेलमा ३ अंक रहेको छ।

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # बुन्डेसलिगा