शुक्रबार, श्रावण २९ गते २०८३
images
images

नेपाली क्रिकेट टोलीको बिदाइ

एक्सप्रेस पाना
आश्विन ७, २०८० आइतबार
  • 284
    SHARES
  • नेपाली क्रिकेट टोलीको बिदाइ
    काठमाडौँ, ७ असोज । नेपाल क्रिकेट सङ्घ (क्यान)ले चीनको हाङ्उझाओमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगितामा भाग लिन जाने नेपाली क्रिकेट टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गरेको छ।
     
    बिदाइ कार्यक्रममा क्यानका नवनिर्वाचित अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्कालगायत क्यानका पदाधिकारीले खेलाडीलाई सफलताको शुभकामना दिए। नेपाली टोली आजै हाङ्झाओ प्रस्थान गर्नेछन्। नेपालले यही असोज १० गते आफ्नो पहिलो खेल मङ्गोलियासँग खेल्ने छ।
     
    त्यस्तै नेपालले समूह चरणको दोस्रो खेल असोज १४ गते माल्दिभ्ससँग खेल्नेछ। 
     
    एसियाडमा सहभागिता जनाउने नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलसहित विनोद भण्डारी, आसिफ शेख, कुशल भुर्तेल, सन्दीप जोरा, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, विवेक यादव, सोमपाल कामी, करण केसी, गुल्सन झा, प्रतिश जिसी, अविनाश बोहरा र सन्दीप लामिछाने छन्। ललित राजबंशीले भने चोटका कारण प्रतियोगितामा सहभागिता जनाउने छैनन्। 
     
    राष्ट्रिय क्रिकेट टोलीका कप्तान पौडेलले आफनो टोलीले राम्रो अभ्यास गरेको भन्दै प्रतियोगितामा मेडल जित्ने लक्ष्यका साथ मैदानमा उत्रने बताए।

     

    images

  • सम्बन्धित विषय:

  • # क्रिकेट
  • # १९औं एसियाली खेलकुद