शुक्रबार, श्रावण २९ गते २०८३
images
images

माल्दिभ्सविरुद्ध जित्नै पर्ने दबाबमा नेपाल

एक्सप्रेस पाना
आश्विन ८, २०८० सोमबार
  • 456
    SHARES
  • माल्दिभ्सविरुद्ध जित्नै पर्ने दबाबमा नेपाल

    काठमाडौँ । राजधानीमा जारी साफ यू-१९ च्याम्पियनसिप अन्तर्गत नेपालले आज माल्दिभ्सको सामना गर्दै छ। 

    images

    दशरथ रंगशालामा खेल अपराहन्न साढे १ बजेदेखि शुरु हुँदैछ। 

    समुह ए बाट पाकिस्तान सेमिफाइनलमा पुगिसकेको छ भने अब नेपाल र माल्दिभ्सबीचको विजेता सेमिफाइनलमा पुग्ने छ।

    images

    शनिबार पाकिस्तान र माल्दिभ्सबीचको खेल १-१ गोलको बराबरी खेलेपछि पाकिस्तानलले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो। यसअघि पहिलो खेलमा पाकिस्तानले नेपाललाई पराजित गरेको थियो। पाकिस्तानको २ खेलमा ४ अंक भएको छ।

    त्यस्तै माल्दिभ्सको एक खेलमा एक अंक रहेको छ र नेपालको एक खेलमा शुन्य अंक रहेको छ। नेपालले सेमिफाइनलमा स्थान बनाउन सो खेल जित्नै पर्ने भएको छ भने बराबरीमा रोकिएमा माल्दिभ्स सेमिफाइनलमा पुग्ने छ।

    त्यस्तै समुह बी बाट भारत र भुटान सेमिफाइनलमा पुगिसकेका छन्। बंगलादेशले आफ्ना दुवै खेलमा हार बेहोरेपछि समुह बी बाट भारत र भुटान सेमिफाइनलमा पुगेका हुन्। यद्यपी समुह चरणमा आजै भारत र भुटानबीच पनि साढे ५ बजेदेखि खेल हुदै छ।

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # साफ यू-१९