काठमाडौँ । स्पेनिस ला लिगा फुटबल अन्तर्गत म्याड्रिड डर्बी एटलेटिको म्याड्रिड विजयी भएको छ।
आइतबार राति भएको खेलमा एटलेटिको म्याड्रिडले रियल म्याड्रिडलाई ३-१ गोल अन्तरले पराजित गरेको हो।
एटलेटिको म्याड्रिडको जितमा अल्भारो मोराटाले २ गोल गरे भने एन्टोनी ग्रीजम्यानले १ गोल गरेका थिए। यता रियल म्याड्रिडका लागि टोनी क्रुजले १ गोल गरेका थिए।
यो एटलेटिको म्याड्रिडको यस सिजनमा तेस्रो जित हो। जितसँगै ५ खेलमा १० अंक भएको छ र लिगमा पाँचौं स्थानमा उक्लिएको छ।
यता पराजित रियल म्याड्रिडको भने यस सिजनमा यो पहिलो हार हो। ६ खेलमा १५ अंक भएको रियल म्याड्रिड लिगमा तेस्रो स्थानमा झरेको छ।



