शनिबार, आश्विन २४ गते २०८३
images

सन्दीप र सागर चीन प्रस्थान

एक्सप्रेस पाना
आश्विन ९, २०८० मंगलबार
  • 515
    SHARES
  • सन्दीप र सागर चीन प्रस्थान

    काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने र सागर ढकाल १९औं एसियाली खेलकुद अन्तर्गत क्रिकेट प्रतियोगिता खेल्न आज दिउँसो चीनतर्फ प्रस्थान गरेका छन्। 

    images

    सन्दीप र सागर ढकाल आज दिउँसो साढे १२ बजेको उडानबाट चीनतर्फ लागेका हुन् ।

    नेपाली क्रिकेट टिम भने आइतबार नै चीन पुगिसकेको छ। नेपालले बुधबार बिहान मंगोलियासँग खेल्दैछ।

    images

    सन्दीप आइतबार बलात्कार मुद्धाको जिल्ला अदालत काठमाडौंमा पेशीको कारण सोमबार जाने कार्यक्रम भएपनि सन्दीपले मानसिक रुपमा खेल्न सक्ने अवस्थामा नरहेको बताएपछि उनी सोमबार जाने कार्यक्रम स्थगित भएको थियो। तर क्यान अध्यक्ष चतुर बहादुर चन्द र सचिव पारस खड्काले सोमबार राती सन्दीपलाई भेटेर चीन जान मनाएको बताइएको छ।

    त्यस्तै सागर भने ललित नारायण राजवंशीको ठाउमा जान लागेका हुन्। 

    समूह ए मा रहेको नेपालले पहिलो खेल मंगोलियासँग बुधबार र आइतबार माल्दिभ्ससँग खेल्ने तालिका रहेको छ।

  • सम्बन्धित विषय:

  • # क्रिकेट