शुक्रबार, श्रावण २९ गते २०८३
images
images

विशाल श्रेष्ठ एफसी चितवनको मार्की प्लेयर

एक्सप्रेस पाना
आश्विन ९, २०८० मंगलबार
  • 513
    SHARES
  • विशाल श्रेष्ठ एफसी चितवनको मार्की प्लेयर

    काठमाडौँ, असोज ९ । नेपाल सुपर लिग (एनएसएल) फुटबलको आगामी सिजनका लागि राष्ट्रिय टोलीका गोलकिपर विशाल श्रेष्ठ मार्की प्लेयरको रूपमा एफसी चितवन क्लबमा आबद्ध भएका छन्।

    images

    गेम वान प्रा.लि अन्तर्गतको एफसी चितवन क्लबका अध्यक्ष सचिन ढकाल र गोलकिपर विशाल श्रेष्ठबीच आबद्धतामा सहमति भएको हो। 

    नेपालको पहिलो फ्रेन्चाइज फुटबल लिगको रूपमा रहेको नेपाल सुपर लिग मङ्सिर ८ देखि दशरथ रङ्गशाला काठमाण्डौंमा आयोजना हुँदैछ।

    images

    एनएसएलमा नेपालका ९ वटा फ्रेन्चाइज टिमहरू एफसी चितवन, काठमाडौँ रेजर्स, ललितपुर सिटी एफसी, पोखरा थण्डर्स, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, विरगन्ज युनाइटेड, झापा एफसी र स्पोर्टिग इलाम टिमले प्रतिस्पर्धा गर्दै छन्।

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # एनएसएल-2023