काठमाडौँ । राजधानीमा जारी साफ यू-१९ च्याम्पियनसिपको सेमिफाइनलका दुवै खेल आज हुँदै छन्।
दशरथ रंगशालामा पहिलो खेल पाकिस्तान र भुटानबीच अपराहन्न साढे १ बजेदेखि हुनेछ भने दोस्रो खेल नेपाल र भारतबीच साँझ साढे ५ बजेदेखि हुनेछ।
नेपाल समुह ए मा एक जित र एक हारसहित उपविजेता हुदै सेमिफाइनलमा पुगेको हो। नेपाल पाकिस्तानसँग १-० गोल अन्तरले हार बेहोरेको थियो भने माल्दिभ्सलाई भने ४-१ गोल अन्तरले पराजित गरेको थियो।
त्यस्तै पाकिस्तानले नेपाललाई पराजित गरेको थियो भने माल्दिभ्ससँग बराबरी खेल्दै समुह विजेता बनेर सेमिफाइनलमा पुगेको हो।
त्यसैगरी समुह बी मा भारतले दुवै खेल जितेर समुह विजेता हुदै सेमिफाइनलमा पुगेको हो भने भुटानले एक जित र एक हारसहित समुहमा उपविजेता बनेर सेमिफाइनलमा पुगेको हो।
फाइनल खेल आगामी शनिबार हुनेछ।



