काठमाडौं । कुशल मल्ल र दिपेन्द्र सिंह ऐरीको कीर्तिमानी ब्याटिङमा नेपालले मंगोलियालाई ३१५ रनको लक्ष्य दिएको छ।
१९औं एसियाली खेलकुदमा मंगोलियाविरुद्ध टस हारेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ३ विकेट गुमाउदै ३१४ रन बनाएको हो।
यो टी-२० इतिहासकै अहिलेसम्मको उच्च योगफल हो। यसअघि अफगानिस्तानले आयरल्याण्डविरुद्ध २०१९ मा सर्बाधिक २७८ रन बनाएको थियो।
मंगोलियाविरुद्ध कुशलले ३४ बलमा शतक प्रहार गर्दै उक्त कीर्तिमान बनाएका हुन्। कुशल ५० बलमा १३७ रनमा अविजित रहे।
यसअघि टी-२० मा सर्वाधिक छिटो शतक ३५ बलमा थियो। भारतका रोहित शर्मा, दक्षिण अफ्रिकाका डेविड मिलर र चेकरिपब्लिकनका सुदेश विक्रमशेखरले समान ३५ बलमा शतक हानेका थिए। नेपालबाट भने २०१९ मा पारस खड्काले सिंगापुरविरुद्ध ४९ बलमा अर्धशतक पूरा गरेका थिए।
त्यस्तै टी-२० को कुनैपनि खेलमा सर्वाधिक छिटो शतक क्रिस गेलको नाममा छ। गेलले २०१३ को आइपिएलमा बेंगलोरबाट पुणे वारियर्सविरुद्ध ३० बलमै शतक हानेका थिए।
यस्तै नोपलका लागि दिपेन्द्र सिंह ऐरीले ९ बलमा अर्धशतक पूरा गरे भने कप्तान रोहितले २७ बलमा ६१ रन बनाएर क्याच अउट भए। त्यस्तै नेपालका लागि ओपनर १९ र आसिफ शेखले १६ रन बनाए।



