काठमाडौं । राजधानीमा जारी साफ यू१९ च्याम्पियनसिप अन्तर्गत पहिलो सेमिफाइनलमा भुटानलाई हराउँदै पाकिस्तान फाइनलमा प्रवेश गरेको छ।
बुधबार त्रिपुरेश्वस्थित दशरथ रंगशालमा भएको पाकिस्तानले भुटानलाई सडन डेथमा ६-५ गोलले हराउँदै फाइनल प्रवेश गरेको हो।
निधारित ९० मिनेटको खेलमा दुबै टोलीबाट गोल नभएपछि खेलको निर्णय पेनाल्टीबाट लिएको थियो।
पेनाल्टीमा पनि दुबै टोलीले ५-५ गोल गरेपछि खेल सडनडेथमा पाकिस्तानले बाँजी मार्यो।
त्यस्तै आजै हुने दोस्रो तथा अन्तिम सेमिफाइनल खेलमा नेपाल र भारत भिड्दै छन्।
साफको फाइनल खेल आगमाी शनिबार हुनेछ।



