शनिबार, आश्विन २४ गते २०८३
images

म्यानचेस्टर सिटी ईएफएल कपबाट बाहिरियो

एक्सप्रेस पाना
आश्विन ११, २०८० बिहीबार
  • 366
    SHARES
  • म्यानचेस्टर सिटी ईएफएल कपबाट बाहिरियो

    काठमाडौं । इंग्लिस प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटी ईएफएल कपबाट बाहिरिएको छ।

    images

    बुधबार राति तेस्रो चरणको खेलमा न्यूक्यासल युनाइटेडसँग १-० गोल अन्तरले पराजित भएसँगै सिटी प्रतियोगीताबाट बाहिरिएको हो।

    न्यूक्यासल युनाइटेडको जितमा खेलको ५३औं मिनेटमा एलेक्जेन्डर इसाकले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो।

    images

    अब न्यूक्यासलले इएफएल कपको चौथो चरणमा म्यानचेस्टर युनाइटेडको सामना गर्ने भएको छ। त्यस्तै चेल्सी, लिभरपुल, आर्सनल, एभर्टन पनि ईएफएल कपकप चौथो चरणमा पुगेका छन्।

    चौथो चरणमा लिभरपुलले बोर्नमाउथको, आर्सनलले वेस्टह्याम युनाइटेडको, चेल्सीले ब्ल्याकबर्न रोभर्सको सामना गर्ने भएका छन्।

  • सम्बन्धित विषय:

  • # फुटबल