काठमाडौँ । स्पेनिस ला लिगामा रियल म्याड्रिडले लास पलमासलाई पराजित गरेको छ।
बुधबार राति भएको खेलमा रियल म्याड्रिडले लास पलमासलाई २-० गोल अन्तरले पराजित गरेको हो।
रियल म्याड्रिडको जितमा ब्राहिम डियाज र जोसेलुले १/१ गोल गरेका थिए।
उक्त जितसँगै रियल म्याड्रिडको ७ खेलमा १८ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ। पराजित लास पलमासको भने ७ खेलमा ५ अंक छ र लिगमा १७औं स्थानमा छ।



