काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्ती मगर पनि अस्ट्रेलिया लागेका छन्। लामो समयदेखि राष्ट्रिय टिमबाट खेलिरहेका विमल शुक्रबार अस्ट्रेलिया गएका हुन्।
विमलले राष्ट्रिय टिमबाट अहिलेसम्म ४१ खेल खेल्दै ९ गोल गरेका छन्।
एन्फा एकेडेमीका उत्पादन उनले सन् २०१२ मा बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा डेब्यु गरेका थिए।
सन् २०१५ मा नेपाललाई विमलले आफ्नो कप्तानीमा पहिलो यु-१९ साफ च्याम्पियनसिप जिताएका थिए ।
पछिल्लो समय नेपाली फुटबल खेलाडी पलायन हुनेक्रमको जारी छ। अहिलेसम्म चार दर्जन भन्दा बढी नेपाली खेलाडी अस्ट्रेलिया पुगेका छन्।



