काठमाडौँ । जारी सिजनको साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाइलाई पराजित गरेको छ।
शुक्रबार राति भएको खेलमा अल नासरले अल टाइलाई २-१ गोल अन्तरले पराजित गरेको हो।
अल नासरको जितमा क्रिस्टियानो रोनाल्डोले खेलको ८७औँ मिनेटमा पेनाल्टीमार्फत निर्णायक गोल गरेका थिए। यसअघि अल नासरका लागि खेलको ३२औं मिनेटमा रोनाल्डोको असिस्टमा टालिस्काले गोल गरेका थिए। त्यसैगरी अल टाइका लागि भिर्गिल मिसिडजानले एक गोल गरेका थिए।
यो जितसँगै अल नासर पछिलो खेलमा लगातार छैटौं जित निकालेको छ। अल नासरको ८ खेलमा १८ अंक भएको छ र अंकतालिकामा तेस्रो स्थानमा उक्लिएको छ।
त्यसैगरी अल टाइको ८ खेलमा ७ अंक छ र लिगमा १२औं स्थानमा रहेको छ।



