काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणका लागि खेलाडी अक्सन शनिबार काठमाडौंमा सम्पन्न भएको छ।
अक्सनमा १७८ खेलाडीलाई तीन ग्रडेमा विभाजन गरीको थियो। जसमध्ये ए ग्रेडमा २७ खेलाडी थिए। अक्सनमा सिमान्त थापा, दिनेश हेन्जन, लाकेन लिम्बु, शनिस श्रेष्ठसहित १० खेलाडी सर्वाधिक मुल्य ३ लाख ५० हजाारमा विक्री भएका छन्।
चार क्लबले बोली लगाएका शनिस श्रेष्ठलाई तीन लाख ५० हजार मूल्यमा ललितपुर सिटीले अनुबन्ध गरेको थियो। यस्तै दिनेश हेन्जन तीन लाख ५० हजारमा ललितपुर सिटीमै अनुबन्ध भएका छन्। त्यसै गरी पाँच क्लबले बोली लगाएका सिमान्त थापालाई तीन लाख ५० हजारमा गोला प्रथाबाट वीरगन्ज युनाइटेडले किन्न सफल भएको छ। त्यसैगरी डिफेन्डर सुदीप गुरुङलाई पनि गोलाप्रथाबाट वीरगन्ज युनाइटेडले किनेको छ।
त्यसैगरी नौ टिमले नै बोलि लगाएका लकेन लिम्बुलाई गोला प्रथाबाट तीन लाख ५० हजारमा झापाले किनेको छ। मणिकुमार लामालाई बुटबल लुम्बिनी एफसीले आधार मूल्य एक लाख ५० हजारमा किनेको छ भने डिफेन्डर आशिष गुरुङलाई ३ लाख ५० हजारमा इलामले किनेको छ।
त्यसैगरी यू-१९ गोलकिपर जियारथ सेखलाई काठमाडौँले एक लाख ३० हजारमा किनेको छ, उनलाई पाँच टिमले बोलि लगाएका थिए।
डिफेन्डर कमल श्रेष्ठलाई धनगढीले एक लाख ५० हजारमा किनेको छ भने सुरज ज्यू ठकुरीलाई पोखराले एक लाख ५० हजारमा किनेको छ।
अक्सनको पहिलो चरणमा आर्मीका नवयुग श्रेष्ठ भने अनसोल्ड भएका थिए। तर दोस्रो चरणमा उनि एफसी चितवनले एक लाख पचाँस हजारमा किनेको हो।
एनएसएलमा काठमाडौं रेजर्स, धनगढी एफसी, एफसी चितवन, पोखरा थन्डर्स, ललितपुर सिटी, बुटवल लुम्बिनी फुटबल क्लब, बिरगंज युनाइेड एफसी, स्पोर्टिङ्ग मेची डे र झापा एफसी गरी ९ टिम रहेका छन्।
एनएसएलमा एक टोलीले बढीमा २५ लाख र कम्तिमा १८ लाख खर्च गर्न पाउनेछन्। जसमा ए ग्रेडका दुई खेलाडी मात्र किन्न पाउने व्यवस्था गरिएको छ।












