शुक्रबार, श्रावण २९ गते २०८३
images
images

प्रिमियर लिग : लिभरपुलमाथि टोटनह्यामको रोमाञ्चक जित, सिटी उल्भ्ससँग पराजित

एक्सप्रेस पाना
आश्विन १४, २०८० आइतबार
  • 317
    SHARES
  • प्रिमियर लिग : लिभरपुलमाथि टोटनह्यामको रोमाञ्चक जित, सिटी उल्भ्ससँग पराजित

    काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत टोटनह्यामले लिभरपुललाई पराजित गरेको छ।

    images

    शनिबार राति भएको खेलमा टोटनह्यामले लिभरपुललाई २-१ गोल अन्तरले पराजित गरेको हो।

    टोटनह्यामको जितमा सन हेंग मिनले एक गोल गरेका थिए भने एक गोल लिभरपुलका जोएल माटिपले आत्मघाती गोल गरेका थिए।

    images

    त्यसैगरी लिभरपुलका लागि एक गोल कोडी गाक्पोले गरेका थिए। यस खेलमा लिभरपुलका कर्टिस जोन्स र डिओगो जोटाले रातो कार्ड पाएपछि लिभरपुल ९ खेलाडीमा खेलेको थियो।

    यो जितसँगै टोटनह्याम लिगमा दोस्रो स्थानमा उक्लिएको छ। टोटनह्यामको ७ खेलमा १७ अंक रहेको छ। त्यसैगरी यो लिभरपुलको यस सिजनमा पहिलो हार हो। यो हारपछि लिभरपुल प्रिमियर लिगको शिर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ। ७ खेलमा १६ अंक रहेको लिभरपुल चौथो स्थानमा रहेको छ।

    यस्तै अर्को खेलमा म्यान्चेस्ट सिटीलाई उल्भ्सले २-१ गोल अन्तरले पराजित भएको छ।

    उल्भ्सको जितमा ह्वांग ही चानले एक गोल गरेका थिए भने अर्को गोल सिटीका रुबेन डियाजले आत्मघाती गोल गरेका थिए। यता म्यान्चेस्टर सिटीका लागि जुलियन अल्भारेजले एक गोल गरेका थिए।

    यसअघि इएफएल कपमा न्यूक्यासलसँग पराजित भएको सिटीको यो लगातार दोस्रो हार हो। प्रिमियर लिगमा भने यस सिजनमा सिटीको यो पहिलो हार हो। यो हारपछि सिटीको ७ खेलमा १८ अंक रहेको छ। त्यसैगरी उल्भ्सले ७ खेलमा ७ अंक भएको छ र लिगमा १३औं स्थानमा रहेको छ।

    अन्य खेलको नतिजा
    एस्टन भिल्ला ७-१ ब्राइटन
    बोनमाउथ ०-४ आर्सनल
    एभर्टन १-२ लुटन टाउन
    म्यान्चेस्टर युनाइटेड ०-१ किस्टल प्यालेस
    न्युक्यासले २-० बर्नलि
    वेस्ट ह्याम २-० शेफयुनाइटेड

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # इंग्लिस प्रिमियर लिग