शुक्रबार, श्रावण २९ गते २०८३
images
images

महिला कबड्डीमा नेपालले बंगलादेशलाई हरायो

एक्सप्रेस पाना
आश्विन १५, २०८० सोमबार
  • 255
    SHARES
  • महिला कबड्डीमा नेपालले बंगलादेशलाई हरायो

    काठमाडौँ । चीनमा जारी १९औं एशियन गेम्समा महिला कबड्डी टिमले विजयी शुरूवात गरेको छ।

    images

    सोमबार बिहान सम्पन्न समुह बि अन्तर्गतको खेलमा नेपालले बंगलादेशलाई ३७-२४ ले पराजित गर्दै विजयी शुरुवात गरेको हो।

    यो जितसँगै नेपालले एशियन गेम्समा कम्तिमा एक पदक जित्ने सम्भावना बढेको छ। 

    images

    समुह बीमा नेपालले अब अर्को खेल मंगलबार इरानसँग खेल्ने छ। इरान बलियो टिम मानिन्छ। नेपाल इरानसँग पराजित भएपनि यो जितपछि समुह उपविजेता हुँदै सेमिफाइनलमा पुग्ने सम्भावना रहेको छ।

    नेपाल सेमिफाइनलमा पुगेमा कम्तिमा कास्य पदक जित निश्चित हुने छ। सेमिफाइनलमा पराजित हुने टिम सिधै तेस्रो हुने हुनाले नेपाल सेमिफाइनलमा पुगेमा काश्य पदक जित्ने छ।

    अब समुह चरणमा नेपालले इरानलाई पराजति गरेमा वा इरानले बंगलादेशलाई पराजित गरेमा नेपाल सेमिफाइनलमा प्रवेश गर्दै पदक सुनिश्चित गर्ने छ।  

    हालसम्म १९औं एसियाली खेलकुदमा सहभागी ४५ मध्य ३४ देशले पदक जितेपनि नेपालसहित ११ देश अझै पदकविहीन छन्। 

    नेपालले अब महिला कबड्डीसहित पुरुष क्रिकेटमा पदकको आशा गरिएको छ। त्यस्तै पदक आशा गरिएको करातेका खेल विहिबारबाट मात्र शु हुँदै छ। 

  • सम्बन्धित विषय:

  • # १९औं एसियाली खेलकुद