काठमाडौँ । चीनमा जारी १९औं एशियन गेम्स अन्तर्गत क्रिकेटको क्वाटरफाइलमा नेपालले भारतसँग खेल्ने भएको छ।
सोमबार भएको लक्की ड्र बाट नेपालले क्वाटरफाइनलमा भारत प्रतिद्वन्दी पाएको हो।
नेपालले समूह चरणमा माल्दिभ्सलाई १३८ र मंगोलियालाई रेकर्ड २७३ रनले पराजित गर्दै क्वाटरफाइनलमा पुगेको हो।
अब नेपाल र भारतबीचको खेल मंगलबार विहान नेपाली समय अनुसार ६:४५ बजेदेखि शुरु हुने छ।
नेपालविरुद्ध खेल्ने भारतीय टिममा भारतका चर्चित खेलाडीहरु रहेका छन्। एशियन गेम्समा भारतीय टिमको कप्तानी रुतुराज गायकवाडले गर्दैछन्। सिधै क्वाटरफाइनलमा छनौट भएको भारतले मंगलबार नेपालविरुद्ध पहिलो खेल खेल्दै छ।
रुतुराजको कप्तानीमा रहेको भारतीय टिममा शिभम माभी, यशश्वी जैसवाल, मुकेश कुमार, शिभम दुवे, जितेश शर्मा, प्रभसिमरन सिंह, राहुल त्रिपाठी, शहबाज अहमद, अर्शदीप सिंह, तिलक बर्मा, अभेश खान, रिंकु सिंह वाशिंटन सुन्दर र रवी विश्नोई रहेका छन्।



