शुक्रबार, श्रावण २९ गते २०८३
images
images

भारतद्वारा नेपाल सामू २०३ रनको लक्ष्य

एक्सप्रेस पाना
आश्विन १६, २०८० मंगलबार
  • 273
    SHARES
  • भारतद्वारा नेपाल सामू २०३ रनको लक्ष्य

    काठमाडौं । चीनमा जारी १९औं एयिसाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनल खेलमा भारतले नेपाललाई २०३ रनको लक्ष्य प्रस्तुत गरेको छ। 

    images

    टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०२ रन बनाएपछि नेपालले २०३ रनको लक्ष्य पाएको हो।

    भारतका लागि यशस्वी जैसवालले शतकीय पारी खेलेका थिए। उनी ४९ बलमा १०० रन बनाएर आउट भएका थिए। त्यसैगरी भारतका लागि कप्तान रुतुराज गायकवाडले २५ रन बनाए भने शिभम दुबेले अविजित २५ रन बनाए।

    images

    त्यस्तै तिलक बर्माले २, जितेश शर्माले ५ र रिंकु सिंहले  अविजित ३७ रन बनाएका थिए।

    त्यसैगरी नेपाल बलर दिपेन्द्र सिंह ऐरीले २ विकेट लिएका थिए भने सोमपाल कामी र सन्दीप लामिछानेले १/१ विकेट लिएका थिए।

    भारतले खेलको अन्तिम २० ओरभमा मात्रै २५ रन बनाएको थियो।

  • सम्बन्धित विषय:

  • # क्रिकेट