काठमाडौँ । एएफएसी च्याम्पियन्स लिग फुटबल अन्तर्गत अल नासरले लगातार दोस्रो जित हात पारेको छ।
सोमबार राति भएको खेलमा अल नासरले इस्टीक्लोलाई ३-१ ले पराजित गर्दै लागातार दोस्रो जित निकालेको हो।
पहिलो हाफमा १-० गोलले पछि परेपछि अल नासारले दोस्रो हाफमा पुनरागमन गर्दै रोमाञ्चक जित निकालेको थियो।
इस्टीक्लोका लागि खेलको ४४औं मिनेटमा सेन सेबाईले गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए। तर अल नासरले दोस्रो हाफमा शानदार पुनरागमन गर्दै ३ गोल गरेको थियो।
कप्तान क्रिस्टियानो रोनाल्डोले खेलको ६६औं मिनेटमा गोल गर्दै खेल बराबरी गरेका थिए भने टालिस्काले २ गोल थपेर अल नासरको जित सुनिश्चित गरेका थिए।
एएफसी च्याम्पियन्स लिगको समुह ई मा अल नासरको यो लगातार दोस्रो जित हो। यो जितपछि अल नासरको २ खेलमा ६ अंक भएको छ र समुहमा शीर्ष स्थानमा रहेको छ। त्यसैगरी इस्टीक्लोको भने २ खेलमा १ अंक रहेको छ।



