शुक्रबार, श्रावण २९ गते २०८३
images
images

नेपाल भारतसँग पराजित, क्वार्टरफाइनलमै टुंगियो नेपालको यात्रा

एक्सप्रेस पाना
आश्विन १६, २०८० मंगलबार
  • 271
    SHARES
  • नेपाल भारतसँग पराजित, क्वार्टरफाइनलमै टुंगियो नेपालको यात्रा

    काठमाडौँ । नेपाललाई २३ रनले हराउँदै भारत जारी एशियन गेम्स अन्तर्गत क्रिकेटको सेमिफाइनलमा पुगेको छ। 

    images

    भारतले दिएको २०३ रनको लक्ष्य पछाएको नेपालले २० ओभरमा ९ विकेट गुमाउदै १७९ रन बनाएको थियो।

    नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्बाधिक ३२ रन बनाए भने कुशल मल्ल र सन्दीप जोराले २९/२९ रन बनाएका थिए। 

    images

    त्यस्तै कुशल भुर्तेलले २८, आसिफ सेखले १०, कप्तान रोहित पौडेलले ३, सोमपाल कामीले ७, गुलशन झाले ६ रन बनाएका थिए। त्यस्तै करण केसीले १८ र सन्दीप लामिछानेले ५ रन बनाएका थिए।

    यता भारतीय बलर रवि बिस्नोई र आभेस खानले ३/३ विकेट लिए भने अर्शदीप सिंहले २ विकेट लिएका थिए। त्यस्तै साइ किशोरले एक विकेट लिएका थिए।

    यसअघि टस जितेर पहिला ब्याटिङ गरेको भारतले २० ओभरमा ४ विकेट गुमाउदै २०२ रन बनाएको थियो ।

    भारतका लागि यशस्वी जैसवालले शतकीय पारी खेलेका थिए। उनी ४९ बलमा १०० रन बनाएर आउट भएका थिए । 

    नेपालका लागि दिपेन्द्र सिंह ऐरीले २ विकेट लिएका थिए भने सोमपाल कामी र सन्दीप लामिछानेले १/१ विकेट लिएका थिए ।

    योसँगै भारत सेमिफाइनलमा पुगेको छ भने नेपालको एशियन गेम्सको क्रिकेटमा यात्रा समाप्त भएको छ ।

  • सम्बन्धित विषय:

  • # क्रिकेट