काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीकी प्रमुख कार्यकारी अधिकृत एलिस पी अल्ब्राइटबीच भेटबार्ता भएको छ।
वालुवाटारमा एमसीसीकी प्रमुख कार्यकारी अधिकृत एलिसले भेटबार्ता गरेकी हुन्। गत आइतबार साँझ काठमाडौं आइपुगेकी अल्ब्राइटले आज प्रधानमन्त्री प्रचण्डलाई भेट गरेका हुन्। हिजो उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटबार्ता गरेकी थिइन्।
प्रचण्ड र अलब्राइटबी एमसीसी परियोजना र नेपाल–अमेरिका सहयोगका विविध क्षेत्रमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
एमसीसी कार्यान्वयनको औपचारिक सुरुवात भएको एक महिना नाघेको छ। सो परियोजना कार्यान्वयनमा आए पछि अलब्राइटको नेतृत्वमा अमेरिकी प्रतिनिधिमण्डल काठमाडौं आएको हो। गत भदौ १३ गतेबाट एमसीसी कार्यान्वयनको औपचारिक सुरुवात भएको थियो।
अलब्राइटले एमसीसीमा भएका प्रगति र समस्याहरूको बारेमा बुझ्ने तथा एमसीसी परियोजनाको केही क्षेत्रको अवलोकन पनि गर्ने कार्यक्रम तय भएको एमसीसी कार्यालयले जनाएको छ।



