शुक्रबार, भाद्र २६ गते २०८३
images

दयाहाङ र सौगात ‘हात्तीछाप’ मा एकसाथ

एक्सप्रेस पाना
आश्विन १६, २०८० मंगलबार
  • 420
    SHARES
  • दयाहाङ र सौगात ‘हात्तीछाप’ मा एकसाथ

    काठमाडौँ । दयाहाङ राई र सौगात मल्लले एकसाथ अभिनय गरेको नयाँ फिल्म ‘हात्तीछाप’ आगामी माघ २६ गतेबाट प्रदर्शनमा आउने भएको छ। फिल्मका मुख्य कलाकारहरुलाई समेटेर निर्माण टिमले दुईवटा पोस्टर सार्वजनिक गरेको छ। 

    images

    फिल्ममा सौगात, दयाहाङ र उपासनाको साथमा वेनिशा हमाल, विजय बराल, बुद्दि तामाङ र विल्सन विक्रम राईको अभिनय रहेको छ। पोष्टरबाट फिल्म ग्रामीण जीवनको परिवेशमा बनेको बुझ्न सकिन्छ।

    सिमोस सुनुवारद्वारा निर्देशित ‘हात्तीछाप’मा कमलमणी नेपाल, पुष्कर गुरुङ, प्रकाश घिमिरे, भोलाराज सापकोटा, बिनोद न्यौपाने, सुष्मा निरौला आदिको पनि अभिनय छ। प्रदीप भारद्वाजको लेखन, सुशन प्रजापतिको छायांकन र निमेष श्रेष्ठको सम्पादन रहेको फिल्मका प्रस्तुतकर्ता किरण नेपाली हुन्। पुष्कर गुरुङ र अमलादेवी राई निर्मातामा छन्।

    images

    त्यस्तै फिल्मका कार्यकारी निर्माता सरोज नेपाली रहेका छन्।