शनिबार, आश्विन २४ गते २०८३
images

धनगढीमा स्टेपिङ स्टोन जुनियर कप क्रिकेट हुने

एक्सप्रेस पाना
आश्विन १६, २०८० मंगलबार
  • 447
    SHARES
  • धनगढीमा स्टेपिङ स्टोन जुनियर कप क्रिकेट हुने

    धनगढी क्रिकेट एकेडेमी (डीसिए) को आयोजनामा धनगढीमा स्टेपिङ स्टोन इंग्लिस स्कुल जुनियर कप क्रिकेट प्रतियोगिता हुने भएको छ। 

    images

    आगामी मंसिर २५ गतेबाट धनगढीको फाप्ला क्रिकेट मैदानमा उक्त क्रिकेट प्रतियोगिता हुने भएको हो। १० कक्षासम्मका विद्यार्थीहरुले भाग लिने उक्त प्रतियोगितामा धनगढीका १६ वटा स्कुलहरुको सहभागिता हुनेछ। 

    प्रतियोगितालाईं धनगढीको स्थापित स्टेपिङ स्टोन इंग्लिस स्कुलले मुख्य प्रायोजन गरेको छ। स्कुलका संस्थापक तथा प्राचार्य राम जी हमाल र डिसिएका प्रबन्धक समुयल न्यौपानले मंगलबार एक कार्यक्रमबीच मुख्य प्रायोजक सम्झौतामा हस्ताक्षर गरे। 

    images

    सम्झौता पश्चात प्राचार्य हमालले सुदूरपश्चिम क्रिकेटको उर्बर भूमी रहेकाले यहाँका बालबालिकाहरुमा ग्रास रुट लेभलको क्रिकेट विकासका लागि आफूहरुले सहकार्य गरेको बताए। 

    यस्तै प्रबन्धक न्यौपानेले मुख्य प्रायोजक गरेकोमा स्कुललाई धन्यवाद दिदैँ उक्त प्रतियोगिताले नयाँ खेलाडी निकाल्न सहयोग पुग्ने विश्वास व्यक्त गरे। 

    प्रतियोगिताको विजेताले ३० हजार नगद पुरस्कार पाउनेछ। यस्तै उपविजेताले १५ हजार तथा म्यान अफ द म्याच तथा सर्वोत्कृष्ट खेलाडीका लागि पनि पुरस्कारको व्यवस्था गरिएको डिसिएले जनाएको छ।  

    लिग कम नकआउट आधारमा हुने प्रतियोगिताको इभेन्ट म्यानेजरमा शुभम पनेरु तथा कार्यक्रम संयोजक सन्दीप भट्ट छन्।

  • सम्बन्धित विषय:

  • # क्रिकेट