काठमाडौँ । यूरोपको सबैभन्दा ठूलो क्लल फुटबल प्रतियोगिजा यूईएफए च्याम्पियन्स लिग अन्तर्गत रियल म्याड्रिडले लगातार दोस्रो जित निकालेको छ।
मंगलबार राति भएको खेलमा रियल म्याड्रिडले इटालियन क्लब नापोलीलाई ३-२ गोल अन्तरले पराजित गरेको हो।
रियल म्याड्रिडको जितमा भिनिसियस जुनियर र जुडे बेलिंघमले १/१ गोल गरेका थिए भने एक गोल नापोलीका एलेक्स मेरेटले आत्मघाती गोल गरेका थिए।
त्यसैगरी नापोलीका लागि लियो स्किरी ओस्टीगार्ड र पियोट जिलिन्सकीले १/१ गोल गरेका थिए।
खेलको सुरुवाती अग्रता भने घरेलु टोली नापोलीले बनाएको थियो खेलको १९औं मिनेटमा लियो स्किरी ओस्टीगार्डले गोल गर्दै अग्रता दिलाएका थिए। त्यसछि खेलको २७औं मिनेटमा रियलका लागि भिनिसियसले गोल गर्दै खेल १-१ गोलकोब बराबरी अबस्थामा ल्याए। खेलको ३४औं मिनेटमा रियलका लागि बेलिघंमले गोल गर्दै २-१ गोलको अग्रता दिलाए।
पहिलो हाफमा २-१ गोलले पछि परेको नापोलीले खेलको ५४औं मिनेटमा २२ गोलको बराबरी अबस्थामा आयो। त्यसपछि खेलको ७८औं मिनेटमा नापोलीका एलेक्स मेरेटले आत्मघाती गोल गरेपछि खेलमा ३-२ गोलले रियल विजयी भयो।
यो जितपछि समुह सी मा रहेको रियलले २ खेलबाट ६ अंक बनाएर अंक तालिकाको शीर्ष स्थानमा रहेको छ। त्यसैगरी नापोलीको भने २ खेलमा ३ अंक छ र समुहमा दोस्रो स्थानमा छ।



