काठमाडौँ । छिमेकी राष्ट्र भारतमा आजदेखि आइसीसी एकदिवसीय विश्वकप शुरू हुँदै।
आज पहिलो दिन गत विश्वकपको फाइनल खेलेका इंग्ल्यान्ड र न्यूजिल्यान्ड भिड्दैछन् । यो खेल अपराहन्न २स्१५ बजेदेखि अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा हुनेछ।
यो विश्वकपमा विश्वका १० देशले भाग लिएका छन्। आजदेखि शुरू भएर फाइनल खेल नोभेम्बर १९ मा हुनेछ। नेपाल भने यस विश्वकपमा छनोट हुन असफल भएको थियो।
विश्वकप खेल्ने देशमा आयोजक भारतसहित पाकिस्तान, अस्ट्रेलिया, दक्षिण अफ्रीका, इंग्ल्यान्ड, न्यूजिल्यान्ड, बंगलादेश, अफगानिस्तान सिधै छनोट भएका हुन् भने श्रीलंका र नेदरल्यान्डस विश्वकप क्वालिफायरमार्फत छनोट भएर विश्वकप खेल्दै छन्।
१० देशले समुह चरणमा एक अर्का विरुद्ध एक एक पटक खेल्ने छन्। समुह चरणको खेलपछि शीर्ष चार देश सेमिफाइनलमा खेल्ने छन्। समुह चरणमा कुल ४५ खेल हुने छन्।
यो विश्वकप भारतका १० स्टेडियममा हुँदैछ। जसमा अहमदावादमा फाइनलसहित ५ खेल हुने छन् भने बैंगलोर, चेन्नई, दिल्ली, धर्मशाला, कोलकोता, लखनउ, पुने र मुम्बईमा ५(५ खेल हुने छन्। त्यस्तै हैदरावादको राजीवगान्धी क्रिकेट मैदानमा ३ खेल हुने छन्। त्यसैगरी कोलकोताको इडेन गार्डेन र मुम्बईको वान्खडे स्टेडियममा सेमिफाइनल खेल हुने छन्।



