शुक्रबार, श्रावण २९ गते २०८३
images
images

कोलकत्तालाई हराउँदै कालेम्पोङ क्वाटरफाइनलमा

एक्सप्रेस पाना
आश्विन १८, २०८० बिहीबार
  • 297
    SHARES
  • कोलकत्तालाई हराउँदै कालेम्पोङ क्वाटरफाइनलमा

    मानेभञ्याङ । जर्जियन एफसी कालेम्पोङ सातौं संस्कराणको मानेभञ्ज्याङ गोल्डकपको क्वाटरफाइनल प्रवेश गरेको छ। 

    images

    १२ गोलको थ्रिलर म्याचमा डिएसए हाउडा कोलकत्तालाई ७-५ गोल अन्तरले हराउँदै कालेम्पोङले अन्तिम ८ मा स्थान बनाएको हो। 

    खेलका सुरुवाती अग्रता कालेम्पोङले बनाएको थियो। सातौं मिनेटमा कुन्जमान थापाले पहिलो गोल गरेका थिए। ४ मिनेट नवित्दै उनले व्यक्तिगत दोस्रो गोल गरे। २३औं मिनेटमा बसन्त राईले गोल गरेपछि कालेम्पोङले अग्रता ३-० बनाएको थियो।

    images

    ३२औं मिनेटमा कोलकत्ताका मिथुन शाहले गोल गर्दै अन्तर ३-१ मा झारे। ४५औं मिनेटमा कालेम्पोङका सिलास लेप्चाले गोल गरे। २ मिनेट नवित्दै मिथुनले व्यक्तिगत दोस्रो गोल गरेपछि अन्तर ४-२ झरेको थियो। ४९औं मिनेटमा कुन्जमानले ह्रयाट्रिक पुरा गरे। २ मिनेट लगतै कुन्जमानले व्यक्तिगत चौथो गोल गरेपछि कालेम्पोङले गोल अन्तर ६-२ बनाउन सफल रहयो। कप्तान प्रनभ मुखियाले ५४औं मिनेटमा कालेम्पोङका लागि सातौ गोल गरे। 

    त्यसपछि कोलकत्ताले खेलमा फर्कने प्रयास गरेको थियो। ६०औं मिनेटमा मिथुनले ह्रयाट्रिक पुरा गरे। ७०औं मिनेटमा मिथुनले व्यक्तिगत चौथो गोल गरे। 

    इन्जुरी समयमा सव्स्टिच्युट खेलाडी बपन बेराले गोल गरेपनि जितका लागि पर्याप्त हुन सकेन्। खेलको म्यान अफ दि म्याच विजेता टोलीका कुन्जमान घोषित भए। प्रतियोगितामा शुक्रबार पहिलो खेलमा सिरिजंघा स्र्पोटिङ क्लब भद्रपुर र मोहम्मडन एथ्लेटिक क्लब कोलकत्ताबीच हुनेछ। दोश्रो खेलमा हिमालयन शेर्पाले कञ्चनजंघा एफसी सिलिगुडीसंग खेल्नेछन्।

  • सम्बन्धित विषय:

  • # फुटबल