शुक्रबार, श्रावण २९ गते २०८३
images
images

१९औँ एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक

एक्सप्रेस पाना
आश्विन १९, २०८० शुक्रबार
  • 306
    SHARES
  • १९औँ एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक

    काठमाडौँ, १९ असोज । चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदमा नेपालले पहिलो पदक प्राप्त गरेको छ। नेपालले महिला कबड्डीतर्फ कास्य पदक प्राप्त गरेको हो। 

    images

    महिला कबड्डीको सेमिफाइनलमा नेपाल भारतसित पराजित भएको छ। भारतसित पराजित भएसँगै नेपाल कास्य पदकमै सीमित भएको हो। केहीबेर अघि सम्पन्न सेमिफाइनल खेलमा भारतले नेपाललाई ६१-१७ अङ्कले पराजित गरेको हो। 

    नेपाल समूह ‘बी’को उपविजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको हो। यस्तै भारत समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो। सेमिफाइनमा प्रवेश गरेसँगै नेपालले जारी एसियाली प्रतियोगितामा कम्तिमा कास्य पदक पक्का गरेको हो। कबड्डीमा सेमिफाइनल पुग्ने चारवटै टोलीले पदक प्राप्त गर्ने प्रावधान छ।  

    images

    महिला कबड्डीतर्फ नेपालले पहिलोपटक एसियाली खेलकुदमा भाग लिएको हो। नेपाल रहेको समूह ‘बी’ मा इरान र बङ्गलादेश रहेका थिए। इरान समूह ‘बी’को विजेताका रूपमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। इरानले अहिले समूह ‘ए’ को उपविजेता चाइनिज ताइपेईसित प्रतिस्पर्धा गर्दै छ।  

    यसअघि नेपालले पहिलो खेलमा सोमबार बङ्लादेशलाई ३७-२४ अङ्कले पराजित गरेको थियो भने दोस्रो खेलमा मङ्गलबार इरानसित १९-४३ अङ्कले पराजित भएको थियो। नेपाली टोलीमा मेनुकाकुमारी राजवंशी (कप्तान), मानमती विष्ट, जयन्ती बडु, सुनिता थापा, रबिना चौधरी, अनुजा कुलुङ राई, गङ्गा घिमिरे, नितु गुरुङ, इशा राई, अर्पणा चौधरी, सिर्जना थारु र कलावती पन्त रहेका थिए। टोलीका प्रशिक्षकमा विष्णुदत्त भट्ट रहेका थिए। 

  • सम्बन्धित विषय:

  • # १९औं एसियाली खेलकुद