शुक्रबार, श्रावण २९ गते २०८३
images
images

नेपाल र लाओसबीच हुने खेलको तयारी अन्तिम चरणमा, बजेट ७३ लाख

एक्सप्रेस पाना
आश्विन १९, २०८० शुक्रबार
  • 301
    SHARES
  • नेपाल र लाओसबीच हुने खेलको तयारी अन्तिम चरणमा, बजेट ७३ लाख

    विश्वकप २०२६ छनोटअन्तर्गत एशियाली क्षेत्रको प्राम्भिक खेलमा नेपाल र लाओस भिड्ने भएका छन्। 

    images

    असोज २५ गते दशरथ रंगशालामा हुने उक्त खेलको तयारी अन्तिम चरणमा पुगेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ।

    लाओस फिफा वरीयतामा १८६औं स्थानमा रहेको छ। यस्तै, नेपाल भने १७५औँ स्थानमा रहेको छ। भिन्सेन्जो अबर्टो एनिसको मुख्य प्रशिक्षणमा २५ सदस्यीय नेपाली टोली हाल बन्द प्रशिक्षणमा रहेको एन्फाले जनाएको छ।

    images

    छनोट खेलको कमर्सियल र मिडिया राइट्स सिंगापुरस्थित स्पोर्ट्स फाइभलाई प्रदान गरिएको एन्फाले जनाएको छ। खेलको टिकटदर साधारण पारापिटतर्फ ३०० र भीआईपी पारापिटतर्फ ५०० कायम गरिएको छ। खेलको टिकट एन्फा आफैँले व्यवस्थापन गरी बिक्रि गर्ने प्रवक्ता सुरेश शाहले जनाए। खेलको लागि लाओस अक्टोबर ९ मा नेपाल आइपुग्ने छ।

    प्रतियोगिताको अनुमानित बजेट ७३ लाख ६८ हजार ४०० रहेको शाहले जनाकारी दिए।

  • सम्बन्धित विषय:

  • # फुटबल