शुक्रबार, श्रावण २९ गते २०८३
images
images

अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो अल नासर

एक्सप्रेस पाना
आश्विन २०, २०८० शनिबार
  • 231
    SHARES
  • अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो अल नासर

    काठमाडौँ । साउदी प्रो लिग अन्तर्गत अल नासर बराबरीमा रोकिएको छ। 

    images

    शुक्रबार राति घरेलु मैदानमा र्भको खेलमा अल नासरलाई अभा क्लबले २-२ गोलको बराबरीमा रोकेको हो।

    अभाले खेलको ९० मिनेटपछिको इन्जुरी समयमा गोल गर्दै अल नासरको जितलाई रोकेको छ। अल नासरका लागि ओटाभिन्हो र टालीस्काले १/१ गोल गरेका थिए।

    images

    खेलको तेस्रो मिनेटमै ओटाटिभोको गोलबाट अग्रता बनाएको अल नासरका लागि १८औं मिनेटमा टालीस्काले गोल गर्दै अग्रता दोब्बर बनाएका थिए। तर खेलको ३६औं मिनेटमा अभाका लागि साद बगिरले पेनाल्टीमा गोल गर्दै खेल २-१ को अबस्थामा ल्याए। 

    त्यसपछि ९०औं मिनेटपछिको इन्जुरी समयमा गोल खेल २-२ गोलको बराबरी अबस्थमा ल्याए।

    यो बराबरीपछि अल नासरको ९ खेलमा १९ अंक जोड्दै लिगमा चौथो स्थानमा रहेको छ। यता अभाको ९ खेलमा ७ अंक भएको छ र लिगमा १४औं स्थानमा रहेको छ।
      

  • सम्बन्धित विषय:

  • # फुटबल