काठमाडौं । भारतमा जारी आइसिसी एकदिवसीय विश्वकपमा पाकिस्तानले विजय सुरुवात गरेको छ।
शुक्रबार पाकिस्तानले नेदरल्यान्ड्सलाई ८१ रनले पराजित गरेको हो।
भारतको हैदराबादस्थित राजिव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा पाकिस्तानले दिएको २८७ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स ४१ ओभरमा २०५ रनमा अलआउट भएको हो ।
नेदरल्यान्ड्सका लागि बास डि लिडेले सर्वाधिक ६७ रन बनाए ।
पाकिस्तानका लागि हरिस रौफले ३, हसन अलिले २ तथा शाहिन शाह अफ्रिदी, इफ्तिखर अहमद, मोहम्मद निवाज र शादब खानले समान १/१ विकेट लिए ।
त्यसअघि हैदराबादमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तान ४९ ओभरमा २८६ रनमा अल आउट भएको थियो।
पाकिस्तानको जितमा विकेटकिपर मोहम्मद रिजवान र साउद सकिलले सर्वाधिक समान ६८ रनको योगदान दिए।



