शुक्रबार, श्रावण २९ गते २०८३
images
images

ब्रेन्टफोर्डविरुद्ध युनाइटेडको पुनरागमन जित

एक्सप्रेस पाना
आश्विन २०, २०८० शनिबार
  • 345
    SHARES
  • ब्रेन्टफोर्डविरुद्ध युनाइटेडको पुनरागमन जित

    काठमाडौँ । इंग्लिस प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले रोमान्चक जित निकालेको छ।

    images

    शनिबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले ब्रेन्टफोर्डलाई २-१ गोल अन्तरले पराजित गरेको हो। 

    १-० गोलले पछि परेको म्यानचेस्टर युनाइटेडले खेलको ९० मिनेट पछि २ गोल गर्दै खेलमा रोमाञ्चक जित निकालेको हो।

    images

    म्यानचेस्टर युनाइटेडका लागि दुवै गोल स्कट म्याकटोमिनीले गरेका थिए। उनले खेलको ९३औं र ९७औं मिनेटमा गोल गर्दै म्यानचेस्टर युनाइटेडलाई जिताएका थिए। उनी सब्सिच्युटको रुपमा खेलको ८७औँ मिनेटमा मैदानमा प्रवेश गरेका थिए।

    त्यसअघि ब्रेन्टफोर्डको लागि खेलको २६औं मिनेटमा म्याथियास जेन्सनले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए।

    यो जितसँगै म्यानचेस्टर युनाइटेडको ८ खेलमा १२ अंक भएको छ र लिगमा नवौं स्थानमा रहेको छ। त्यसैगरी ब्रेन्टफोर्डको ८ खेलमा ७ अंक छ र लिगमा १४औं स्थानमा रहेको छ।

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # इंग्लिस प्रिमियर लिग