काठमाडौं । स्पेनिस ला लिगा फुटबल अन्तर्गत नौं साताको खेलमा रियल म्याडिड्रले ओसासुनामाथि सहज जित निकालेको छ।
शनिबार राति रियलको घरेलु मैदानमा भएको खेलमा रियलले पाहुना टोली ओसासुनालाई ४-० गोल अन्तरले पराजित गरेको हो।
रियलको जितमा जुडे बेलिङघमले २ गोल गरे भने भिनिसियस जुनियर र जोसेलुले १/१ गोल गरे।
पहिलो हाफमा १ गोल गरेको रियलले दोस्रो हाफमा थप ३ गोल गरेको थियो।
यो जितसँगै रियल म्याड्रिड ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ। रियल म्याड्रिडको ९ खेलमा २४ अंक भएको छ। यता पराजित ओसासुनाको ९ खेलमा १० अंक रहेको छ र लिगमा १०औं स्थानमा रहेको छ।



