काठमाडौँ । दक्षिण अफ्रिकाले भारतमा जारी विश्वकपमा शानदार शुरुवात गरेको छ।
शनिबार सम्पन्न खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई १०२ रनले पराजित गर्दै विजयी शुरुवात गरेको हो।
दक्षिण अफ्रिकाले दिएको ४२९ रनको लक्ष्य पछाएको श्रीलंका ४४.५ ओभरमा ३२६ रन बनाएर अल आउट भएको थियो।
यस अघि टस हारेर पहिला ब्याटिंग गरेको दक्षिण अफ्रिकाले ५० ओभरमा ५ विकेट गुमाउदै ४२८ रन बनाएको थियो।
यस खेलमा कैयौं किर्तिमान समेत बनेका छन्। विश्वकपको एकै खेलमा सर्बाधिक ७५४ रन बनेको छ।
त्यस्तै विश्वकपको एक इनिंगमा तीन सतक समेत बनेका छन्। दक्षिण अफ्रिकाका क्वेन्टन डिककले १०० रन बनाएका थिए भने रस्सी भान डेर दुसेनले १०८ रन बनाए भने एडेन मार्क्रमले १०६ रन बनाए। मार्क्रमले ४९ बलमा शतक बनाउदै विश्वकप क्रिकेटको इतिहासमै तिब्र शतक बनाएका थिए।
यो जितसँगै दक्षिण अफ्रिकाले महत्वपूर्ण २ अंक जोडेको छ।



