शुक्रबार, श्रावण २९ गते २०८३
images
images

सिलोङ लाजोङ र टेरिटोरियल आर्मी बिजयी

एक्सप्रेस पाना
आश्विन २१, २०८० आइतबार
  • 319
    SHARES
  • सिलोङ लाजोङ र टेरिटोरियल आर्मी बिजयी

    मानेभञ्ज्याङ । सातौं संस्करणको मानेभञ्ज्याङ गोल्डकप प्रतियोगितामा सिलोङ लाजोङ एफसी र टेरिटोरियल आर्मी दार्जिलिङ बिजयी भएका छन्। 

    images

    शनिबार सम्पन्न खेलमा सिलोङले घरेलु टोली मानेभञ्ज्याङ एफसी तथा आर्मीले रोलिङ क्लब धुलाबारी झापालाई हराएको हो। 

    पहिलो खेलमा सिलोङले २-१ गोल अन्तरले जित निकालेको थियो। खेलको सुरुवाती अग्रता सिलोङले लिएको थियो। १५औं मिनेटमा सानोले सिलोङलाई अग्रता दिलाए। 

    images

    २३औं मिनेटमा वादाजितले अग्रता दोब्बर बनाए। पहिलो हाफमा २-० ले पछि परेको मानेभञ्ज्याङका लागि कप्तान टाक्सिक भुटियाले ६०औं मिनेटमा १ गोल फर्काए। 

    त्यसैगरी दोश्रो खेलमा आर्मीले रोलिङ माथि ३-० को जित निकाल्न सफल रहयो। रोलिङ ३ जना नेपाली यु-१९ राष्ट्रिय टिमको सदस्य सहित मैदान उत्रिएको थियो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको गोल दोश्रो हाफमा निस्किएको थियो। 

    No description available.

    ४८औं मिनेटमा लाक्पा तामाङले सुरुवाती गोल गरेका थिए। ५४औं मिनेटमा लाक्पाले व्यक्तिगत गोल संख्या दोब्बर बनाए। ६५ंऔ मिनेटमा एस केपगेनले गोल गरेपछि ३-० गोल अन्तरका जितका साथ आर्मीले अन्तिम ८ मा स्थान बनाए। 

    प्रतियोगिताको आइतबारबाट क्वाटरफाइनलको खेलहरु सुरु हुनेछ। पहिलो क्वाटरफाइनलमा बिएसके जलपाइगुडी र दलसिंङपाडा स्पोर्टस एकाडेमी डुवर्स तथा दोश्रो क्वाटरफाइनल खेलमा चाँद एफसी तीनधारिया र जर्जियन एफसी कालेम्पोङ भिडनेछन्। 

    जलपाइगुडीले पानबारी एफसी धरानलाई हराउँदै अन्तिम ८ मा स्थान बनाएको थियो। दलसिंङपाडाले सिङलिङ स्पोटिङ क्लब सोरेङ सिक्किमलाई हराएको हो । त्यसैगरी चाँदले रेडहर्स इलाम तथा जर्जियनले डिएसए हावडालाई हराएको थियो। 

    प्रतियोगितामा नेपालका ५ र भारतका ११ क्लबको सहभागिता छ। प्रतियोगिताको बिजेताले ८ लाख रुपैया ९५ लाख भारु० तथा उपविजेताले ४ लाख ९२ लाख ५० हजार भारु० पाउने छन्। फाइनल खेल अक्टोबर १५ तारिक हुनेछ।

  • सम्बन्धित विषय:

  • # फुटबल