शुक्रबार, श्रावण २९ गते २०८३
images
images

क्रिकेट विश्वकपमा भारतलाई कोहली र राहुलले जिताए

एक्सप्रेस पाना
आश्विन २२, २०८० सोमबार
  • 291
    SHARES
  • क्रिकेट विश्वकपमा भारतलाई कोहली र राहुलले जिताए

    काठमाडौँ । घरेलु भुमिमा जारी आइसीसी क्रिकेट विश्वकपमा भारतले विजयी शुरुवात गरेको छ। 

    images

    विश्वकपको पहिलो खेलमा भारतले अस्ट्रेलियालाई ६ विकेटले पराजित गर्दै विश्वकपमा विजयी शुरुवात गरेको हो।

    पाहुना टोली अस्ट्रेलियाले दिएको २०० रनको लक्ष्य पछाएको भारतले ४२ ओभरमा  ४ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो।

    images

    भारतले कुनै रन नबनाएर आफ्ना प्रमुख तीन खेलाडी गुमाए पनि पूर्व कप्तान विराट कोहली र केएल राहुलले सम्हालिएर खेल्दै भारतलाई जिताएका हुन्। 

    कोहली र राहुलबीच चौथो विकेटको लागि १६५ रनको साझेदारी भएको थियो। विराट कोहलीले ८५ रन बनाएर आउट भने केएल राहुलले अविजित ९७ रन बनाएका थिए। 

    त्यस्तै हार्दिक पाण्डेयले अविजित ११ रन बनाएका थिए। यसअघि भारतका इशान किसन, कप्तान रोहित शर्मा र श्रेयस अय्यर कुनै रन बनाएर आउट भएका थिए।

    त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले ४९।३ ओभरमा अल आउट हुदै १९९ रन मात्र बनाएको थियो।

    योजितसँगै भारतले २ अंक जाडेको छ। अब विश्वकपमा भारतले अर्को खेल अक्टोबर ११ मा अफगानिस्तानसँग खेल्ने तालिका रहेको छ। त्यस्तै अस्ट्रेलियाले  अक्टोबर १२ मा दक्षिण अफ्रिकाविरुद्ध खेल्ने छ।

  • सम्बन्धित विषय:

  • # क्रिकेट