शुक्रबार, आश्विन २३ गते २०८३
images

न्युजिल्यान्डको लगातार दोस्रो जित

एक्सप्रेस पाना
आश्विन २३, २०८० मंगलबार
  • 291
    SHARES
  • न्युजिल्यान्डको लगातार दोस्रो जित

    काठमाडौँ । भारतमा जारी विश्वकप क्रिकेटमा न्युजिल्यान्डले लगातार दोस्रो जित निकालेको छ। 

    images

    सोमबार सम्पन्न खेलमा न्युजिल्यान्डले नेदरल्यान्डसलाई ९९ रनले पराजित गर्दै लगातार दोस्रो जित हासिल गरेको हो।

    न्युजिल्यान्डले दिएको ३२३ रनको लक्ष्य पछाएको नेदरल्यान्डसले ४६.३ ओभरमा अलआउट हुँदै २२३ रन बनाएपछि न्युजिल्यान्डले खेल ९९ रनले जितेको छ।

    images

    यसअघि टस हारेर पहिला ब्याटिङ गर्दै न्युजिल्यान्डले ५० ओभरमा ७ विकेट गुमाउदै ३२२ रन बनाएको थियो।

    यो जितपछि न्युजिल्यान्डको २ खेलमा ४ अंक भएको छ र शिर्ष स्थानमा रहेको छ । त्यसैगरी नेदरल्यान्डले भने लगातार दोस्रो हार बेहोरेको छ।

    अब न्युजिल्यान्डले तेस्रो खेल अक्टोबर १३ मा बंगलादेशविरुद्ध खेल्ने तालिका रहेको छ भने नेदरल्यान्डसले तेस्रो खेल अक्टोबर १७ मा दक्षिण अफ्रीकासँग खेल्ने तालिका रहेको छ।

     

  • सम्बन्धित विषय:

  • # क्रिकेट