त्यो सुन्दर टोपी, सधैँ मलाई छक्क पारेको छ।
म सक्दिन अलग हुन सधैँ भरी साथ चाहिन्छ।
बाटोमा भेट भयो तर म तिमीसँग बोल्न सक्दिन।
हामी सँग समय छ सक्ने छौ दुई मुटु जोडन
पहिले देखिको प्रेम मनमा लुकेर बसेको छ।
मुस्कानको जिज्ञासु लहरहरू अझै सोध्न बाकी छ।
म गएपछि के हुन्छ सबै कुरा अनुमान गर्छु।
तिम्रो यादमा आँखाबाट आशु झारी रुन्छु।
जुन कल्पनामा विगतका परिदृश्यहरू यात्रा गर्दछ।
सुन्दर शब्द बोल्यौ मैले सम्झन सक्नुपर्छ।।
लेखक: गोबिन्द राज ओझा (राजन)
ठेगाना: दिपायल सिलगढी न.पा.२ दिपायल डोटी

