शुक्रबार, श्रावण २९ गते २०८३
images
images

रिजवान र शफिकको शतकमा पाकिस्तानले श्रीलंकालाई ६ विकेटले हरायो

एक्सप्रेस पाना
आश्विन २३, २०८० मंगलबार
  • 365
    SHARES
  • रिजवान र शफिकको शतकमा पाकिस्तानले श्रीलंकालाई ६ विकेटले हरायो

    काठमाडौँ । भारतमा जारी आइसीसी क्रिकेट विश्वकपमा पाकिस्तानले लगातार दोस्रो जित निकालेको छ। 

    images

    मंगलबार सम्पन्न खेलमा पाकिस्तानले श्रीलंकालाई ६ विकेटले पराजित गर्दै विश्वकपमा लागातार दोस्रो जित निकालेको हो।

    श्रीलंकाले दिएको ३४५ रनको लक्ष्य पछाएको पाकिस्तानले ४८.२ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पूरा गर्यो।

    images

    पाकिस्तानको जितमा अब्दुल्लाह शफिक र मुहमद रिजवानले शतकीय पारी खेलेका थि । शफिकले ११३ रन बनाए भने रिजवानले अविजित १३१ रन बनाएका थिए। 

    यस्तै साउद सकिल ३० बलमा २ चौकासहित ३१ रनमा आउट भए। इफ्तिखर अहमद १० बलमा ४ चौकासहित २२ रनमा नट आउट रहे। 

    यता श्रीलंकाका दिलशान मदुशानकाले दुई, महेश थिक्सना र मथिसा पाथिरानाले समान एक विकेट लिए।

    त्यसअघि टस जितेर ब्याटिङ थालेको श्रीलंकाले निर्धारित ५० ओभरमा ९ विकट गुमाउँदै ३४४ रन बनाएको थियो। 

    श्रीलंकाका कुशल मेन्डिसले ७७ बलमा १४ चौका र ६ छक्कासहित १२२ रनको विष्फोटक शतकीय इनिङ खेले पनि टोलीको हार टार्न सकेनन्।

    उनले ६५ बलमा शतक हानेका थिए। उनी श्रीलंकाबाट सर्वाधिक छिटो शतक हान्ने खेलाडी हुन्। करिअरको उनको यो तेस्रो ओडिआई शतक हो।

    सदिरा समराविक्रमाले ७९ बलमा ११ चौका र २ छक्कासहित १ सय ८ रन शतकीय इनिङ खेले। ओडिआई करिअरको पहिलो शतक प्रहार गरेपनि टोलीको हार टार्न सकेनन्। 

    पाकिस्तानका लागि हसन अलीले ४ विकेट लिए । हरिस रौफले २, शाहिन अफ्रिदी, मोहम्मद नवाज र शदाब खानले समान ११ विकट हात पारे। 

    विश्वकप इतिहासकै सर्वाधिक ठूलो लक्ष्य सफलता पूर्वक पूरा गर्दै पाकिस्तानले विश्वकपमा सुरुवाती दुबै खेलमा जित हात पारेको हो। यसअघि विश्वकपमा सबैभन्दा ठूलो योगफल २०११ मा आयरल्यान्डले इंग्ल्यान्डविरुद्ध ३२८ रनको लक्ष्य पूरा गरेको थियो। २०११ को विश्वकपमा ३ सय ३९ रनको विशाल विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले खेल टाई गरेको थियो।

    पाकिस्तानको २ खेलमा ४ अंक भएको छ भने श्रीलंकाले भने लगातार दोस्रो हार बेहोरेको छ। जारी विश्वकपमा अब पाकिस्तानले अक्टोबर १४ मा भारतको सामना गर्ने छ भने श्रीलंकाले अक्टोबर १६ मा अस्ट्रेलियाको सामना गर्ने छ।

  • सम्बन्धित विषय:

  • # क्रिकेट