शुक्रबार, श्रावण २९ गते २०८३
images
images

विश्वकप फुटबल छनोट: आज नेपालले लाओस भिड्दै

एक्सप्रेस पाना
आश्विन २५, २०८० बिहीबार
  • 342
    SHARES
  • विश्वकप फुटबल छनोट: आज नेपालले लाओस भिड्दै

    काठमाडौं । सन् २०२६ को फिफा विश्वकपको छनोट अन्तर्गत एशियन क्षेत्रको पहिलो चरणमा आज नेपाल र लाओस भिड्र्दै छन्।

    images

    लाओस र नेपालबीचको खेल आज दशरथ रंगशालामा साँझ ५:३० बजेदेखि शुरु हुने छ।

    लाओसविरुद्धको विश्वकप छनोट खेलका लागि मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले आफ्नो अन्तिम टोली घोषणा बुधबार गरेका हुन्।

    images

    त्यस्तै लाओससँगको दोस्रो लिग असोज ३० गते हुने छ। लाओस फिफा वरियतामा नेपालभन्दा पछाडी रहेको छ। लाओस अहिले फिफाको वरियतामा १८६औ स्थानमा छ भने नेपाल १७५औ स्थानमा रहेको छ।  

    यो खेलको विजेताले एशिया क्षेत्रको छनौटको दोस्रो चरणमा समुह एचमा स्थान बनाउने छ। जसमा युएइ र बहराइन रहेका छन् भने चौथो देश यमन र श्रीलंकाबीचको विजेता हुने छ।

    नेपाली टिम
    गोलकिपरः किरणकुमार लिम्बु, दीप कार्की, अभिषेक बराल
    डिफेन्डरः सनिश श्रेष्ठ, अनन्त तामाङ, आशिष गुरुङ, रोहित चन्द, अन्जन राई, आशिष चौधरी, अमृत श्रेष्ठ, एरिक विष्ट
    मिडफिल्डरः सुदीप गुरुङ, लकेन लिम्बु, आवास लामिछाने, उत्सव राई, कृतिश रत्न छिन्जु, मनिष डाँगी
    फरवार्डः अन्जन विष्ट, आयुष घलान, गिलेस्पे जंग कार्की, दिनेश हेन्जन, हिसुब थपलिया, सञ्जीव विष्ट ।

  • सम्बन्धित विषय:

  • # फुटबल