शुक्रबार, श्रावण २९ गते २०८३
images
images

देवको शतकमा इरानलाई ३ सय ५४ रनको लक्ष्य

एक्सप्रेस पाना
आश्विन २५, २०८० बिहीबार
  • 271
    SHARES
  • देवको शतकमा इरानलाई ३ सय ५४ रनको लक्ष्य

    काठमाडौं । कप्तान देव खनालको शतकको सहयोगमा नेपालले यू १९ एसीसी प्रिमियम कपको पहिलो खेलमा इरान यू १९ लाई जितका लागि ३ सय ५४ रनको लक्ष्य दिएको छ। 

    images

    मलेसियाको युकेएम ओभलमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४० दशमलब १ ओभरमा अलआउट हुदै ३ सय ५३ रन बनायो। 

    नेपालका लागि कप्तान खनालले ६० बलमा १२ चौका र ४ छक्काको सहयोगमा १ सय रनको शतकीय ईनिङ खेले। देवले तेस्रो विकेटका लागि दीपक बोहरासँग मिलेर ९८ बलमा १ सय ६६ रनको साझेदारी गरेका थिए।

    images

    बोहोराले ५९ बलमा ५ चौका र २ छक्काको सहयोगमा ६५ रनको अर्धशतकीय ईनिङ खेले। दीपक डुम्रेले ४४ बलमा ८ चौका र २ छक्काको सहयोगमा ६९ रनको अर्धशतकीय ईनिङ खेले। 

    पाँचौ विकेटका लागि डुम्रेले दीपेश कंडेलसँग ५८ बलमा ९१ रनको महत्वपूर्ण साझेदारी गरे। कंडेलले २२ बलमा २९ रन बनाए। 

    हेमन्त धामीले १९ बलमा २३ तथा आकाश चन्दले ११ बलमा १९ रन बनाए। 

    ईरानका लागि सलमान नियाजमद र दादरहमान राइसीले समान ३/३ तथा समन शेखीले २ विकेट लिए। 

    प्रिमियर कपमा १६ टोलीले प्रतिस्पर्धा गर्दैछन्। सहभागी १६ टोलीलाई चार समूहमा विभाजन गरिएको छ। हरेक समूहका शीर्ष स्थानमा टोलीले सेमिफाइनलमा स्थान बनाउँनेछन्। 

    फाइनलमा स्थान बनाउँने दुई तथा तेस्रो स्थान हात पार्ने टोलीले आगामी डिसेम्बरमा पाकिस्तानमा हुने यू१९ एसिया कप खेल्न पाउनेछन्।

    भारत, पाकिस्तान, बंगलादेश, अफगानिस्तान र श्रीलंका भने एसिया कपमा सोझै छनोट भएका छन्। एसिया कप यू१९ विश्वकप अघिको तयारी हो। विश्वकप २०२४ जनवरीमा श्रीलंकामा हुनेछ। नेपालले पनि उक्त विश्वकप खेल्नेछ।

    नेपालले दोस्रो खेलमा आईतबार बहराइन खेल्नेछ। नेपालले तेस्रो तथा समूह चरणको अन्तिम खेलमा बिहीबार साउदी अरेबियासँग खेल्नेछ।  

    २४ अक्टोबरमा प्रतियोगिताको फाइनल खेल रहेको छ।

  • सम्बन्धित विषय:

  • # क्रिकेट