मानेभञ्ज्याङ । सातौं संस्करणको मानेभञ्ज्याङ गोल्डकपको उपाधिको लागि बिएसके जलपाइगुडी र टेरिटोरियल आर्मी दार्जिलिङ भिड्ने भएका छन्।
बिहिबार सम्पन्न दोस्रो तथा अन्तिम सेमिफाइनल खेलमा चाँद एफसी तीनधारियालाई २-१ गोल अन्तरले हराउँदै आर्मीले बिएसकेसंगको भेट पक्का गरेको हो। आर्मीको जितमा वाङदेन तामाङ नायक घोषित भए। उनले आर्मीका लागि २ गोल गरे।
३६औं मिनेटमा पहिलो गोल गरेका उनले ४१औं मिनेटमा अग्रता दोब्बर बनाए। चाँदका लागि प्रविक तामाङले ५६औं मिनेटमा सान्तवना गोल फर्काए।
जितसंगै आर्मीले कम्तीमा ४ लाख सुरक्षित गरेको छ। खेलको म्यान अफ दि म्याच आर्मीका हेमन टोपो घोषित भए।
जलपाइगुडीले बुधबार भएको पहिलो सेमीफाइनलमा कञ्चनजंघा एफसी सिलिगुडी माथि ७-२ गोल अन्तरको फराकिलो जित निकाल्दै फाइनलमा स्थान बनाइसकेको छ।
आगामी असोज २८ मा हुने फाइनल खेलको बिजेताले ८ लाख र उपविजेताले ४ लाख पाउने छन्। प्रतियोगितामा नेपालका ५ सहित १६ क्लबको सहभागिता रहेको थियो।



